पोखरा रंगशालामा मोवाईल चोरी गरेको आरोपमा स्याङ्जाका गुरुङ पक्राउ
पाेखरा | फागुन १२, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले मोवाईल चोरी गरेको आरोपमा स्याङ्जाका २३ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको छ ।
मोवाईल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
‘फागुन ६ गते पोखरा रंगशालामा फुटसल खेल्नका लागि चेन्जिङ रुपमा कपडा चेन्ज गरी राखेको अवस्था चेन्जिङ रुमबाट आइफोनसहित विभिन्न कम्पनीका मोवाईल तथा नगद चोरी भएको जाहेरी आएको थियो’, शर्माले भने, ‘जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा स्याङ्जा घर भएका प्रेम गुरुङलाई चोरी भएको मोवाईलसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा हिजो गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’
प्रहरी नायव उपरीक्षक शर्माका अनुसार गुरुङको घरकोठा खानतलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ वटा मोवाईल, ४ वटा चार्जर र २ वटा ड्रोन बरामद गरिएको छ ।

प्रहरीले बरामद गरेको मोवाईल । फोटोः कास्की प्रहरी
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

